स्वदेशी उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री पोखरेल

पालिका डायरी
७ बैशाख २०८१
मन्त्री केशव प्रसाद पोखरेल

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशव प्रसाद पोखरेलले स्वदेशी उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

चितवनको नारायणगढमा आयोजित तेस्रो जुत्ता–चप्पल महोत्सवको उद्घाटन गर्दै उनले स्वदेशमै उत्पादित बस्तुहरूको बजारीकरण र समस्या समाधानका लागि नीतिगत निर्णय गरिने बताए। आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई सम्मान गर्दै सरकारले झमेला हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल देखिएको आर्थिक मन्दीको समाधानका लागि सबैमिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ। “स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ चितवनको चमेली बजारमा सुरु भएको यस महोत्सवमा देशभरका विभिन्न ब्रान्डका जुत्ताचप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको छ भने एक हजार पाँच सय भन्दा बढीको खरिदमा एक जोर निःशुल्क चप्पल पाइने आयोजकको भनाइ छ।

प्रतिक्रिया