फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई

पालिका डायरी
६ बैशाख २०८१
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई

हेटौंडा / फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालद्वारा बागमती प्रदेश सरकारका नव नियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

बिहीबार  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाण्डौ स्थित होटल रेडिसनमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठलाई स्वागत तथा बधाई दिइएको हो। उक्त कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने हाल नेपालमा उत्पादित सामग्रीहरूलाई विदेशी बजारमा निर्यात गरी हाल भैरहेको वैदेशिक ब्यापार घाटामा कमी ल्याउन पहल गर्ने बताए । विश्व बजारमा नेपाली सामाग्रीलाई चिनाउँन आफ्नो पहलकदमी हुने मन्त्री श्रेष्ठको भनाई थियो ।

त्यस्तै, मन्त्री श्रेष्ठले हाल प्रदेश भित्र सञ्चालनमा रहेको उद्योग व्यवसायको प्रवर्द्धनमा आफू लागिपर्ने समेत बताएका छन् । उनले स्वदेशी उत्पादनलाई बृद्धि तथा बजार व्यवस्थापनका लागि बागमती प्रदेश भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा समेत स्वदेशी सामाग्रीको प्रयोग अनिवार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया