बागमती प्रदेशका उद्योग मन्त्रीद्वारा उद्योग कार्यालयको निरीक्षण
हेटौंडा / बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयको निरीक्षण गर्नु भएको छ ।
बिहीबार चितवन स्थित बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको निरीक्षण गर्नु भएको हो । उपभोक्ता र प्रत्यक्ष जनतासँग जोडिएकोले कार्यालय भएका कारण जनतालाई प्रदान गर्ने काममा कुनै कमी हुन नदिन समेत निर्देशन दिनु भएको छ ।
त्यस्तै, बिहीबारनै चितवनको न्यु एग्रिकल्चर पशु फामको पनि निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा किसानलाई आफ्नै सरकार भएको आभास दिलाउने गरी काम गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै हाल दानाको मूल्यमा भएको वृद्धिले गर्दा किसानहरु मारमा परेको र त्यसको समाधानका लागि सन्तुलित दाना उत्पादनका गर्ने औजार उपकरण समेत प्रदान गरिने मन्त्री श्रेष्ठले बताउनु भएको छ ।




