दुग्ध क्षेत्रमा देखिएका समस्याको समाधान गर्न मातहतका मन्त्रालयमा पहल गर्नेछु : मन्त्री श्रेठ

हेटौंडा / सहकारी तथा दुग्ध क्षेत्रमा देखिएको समस्याको समाधानमा बिशेष पहल गर्ने खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेठले बताउनु भयो । बिहिबार मकवानपुर जिल्ला दुग्ध सहकारी संघ लिमिटेडद्धारा आयोजित नवनियुक्क्त खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री श्रेष्ठ को स्वागत तथा बधाई कार्यक्रममा मन्तव्यराख्दै यस्तो बताउनु भएको हो ।
किसानहरुले दूधको पैसा समयमै भुत्तानी नपाएर समस्यामा परेको समयमा आफुमा सम्बन्धित मन्त्रालयको जिम्मेवारी नरहेता पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पर्यटन तथा सहकारी मन्त्रालयसंग समन्वय गरेर यो समस्याको समाधान गर्न आपूm लागि पर्ने बताउनु भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष हरि प्रसाद कडँेलले दुधको भुक्तानी सयममा नहुँदा किसानहरु मारमा परेको र उत्पादनमा आधारित अनुदान समेत नपाउँदा कृषि पेशाबाटै पलायन हुनुपर्ने जस्ता समस्याहरु मन्त्री श्रेष्ठ समक्ष राख्नु भएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष हरि प्रसाद कडँेल, उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, सल्लाहकार नारायण प्रसाद देवकोटा, बद्री प्रसाद लम्साल, विदुर हुमागाँई खिल प्रसाल चौलागाई, संचालक सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।