सुनको मूल्यले आज फेरि बनायो हालसम्मकै उच्च रेकर्ड, कति पुग्यो ?
सुनको मूल्य आज फेरि आकाशिएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख ३३ हजार पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सामान्य घटेको सुनको मूल्य आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया



