भीमफेदीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति
file photo
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ९ स्थित एक घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।
बिहीबार भीमफेदी ९ भदौरेमा सिताराम वि. क. को घरमा आगलागी भएको हो । ढुंगा माटोले बनेको खरले छाएको २ तले कच्ची घरमा अचानक आगलागी हुँदा मकै १० मुरी, धान १३ मुरी, खसी बाख्रा ८ वटा, लत्ताकपडा, काठपात आदि जल्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
आगलागीबाट कुने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


