राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा काफ्ले

पालिका डायरी
३ चैत्र २०८०, २०:५०
राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीकाे अध्यक्ष काफ्ले

हेटौंडा/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको नयाँ कार्यसमिति गठन भएको छ।

हेटौंडामा आयोजित राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीको बृहत् युवा भेलाले अनिल काफ्लेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ।

उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुन प्रसाद दुलाल, उपसचिवहरूमा सचिन राई र मनीषा राई तथा कोषाध्यक्षमा विज्ञान नेपाल चयन भएका छन्।

राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष एवं मकवानपुर संयोजक राजेश नगरकोटीको सभाध्यक्षता तथा राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी लेखा आयोग संयोजक सन्तोष चौलागाईं, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेती लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया