बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा

पालिका डायरी
२३ फाल्गुन २०८०, १८:३९
बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा

हेटौंडा / बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका ६ मन्त्री बाहिरिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा सँगै उनीरहरुले प्रदेश सरकारलाई दिएको विश्वासको मत समेत फिर्ता लिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशीले आज मुख्यमन्त्री जम्मकट्टेललाई राजीनामा बुझाएका हुन् । बागमतीमा १२ सदस्यीय मन्त्रीपरिषद्मा प्रदेश सभाको ठुलो दलको हैसियतले कांग्रेसको भागमा ६ मन्त्रालय रहेको थियो ।

अर्थ मन्त्री बहादुर सिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए भने वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए ।

प्रतिक्रिया