भिमफेदी ९ मा आँखा शिविर : १९ जनामा भेटियो मोतियाबिन्दु, निःशुल्क अपरेशनको व्यवस्था
हेटौंडा / भिमफेदी गाउँपालिका वडा नं ९ बागमारामा आज विहिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
रोटरी क्लब हेटौंडा, रोट्र्याक्ट क्लब हेटौडा, सामुदायिक आँखा अस्पताल हेटौंडा र भिमफेदी गाउँपालिका वडा नं ९ को संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर गरिएको हो।
शिविरमा २२४ जनाले आँखाको जाँच गराएका थिए। जसमध्ये १९ जनामा मोतियाबिन्दु देखिएको वडा सदस्य उदय प्रसाद हटवालले बताए। वडा अध्यक्ष प्रकाश पुडासैनीका अनुसार मोतियाबिन्दु देखिएकाहरूलाई भोलि अर्थात् फागुन १८ गते सामुदायिक आँखा अस्पताल हेटौंडामा निःशुल्क आँखा अपरेशन हुनेछ।
अध्यक्ष पुडासैनीका अनुसार भोलि बिहान ९ बजेदेखि वडा कार्यालयबाट निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ। उनले आँखा अपरेशन गर्नुपर्ने सबै जनालाई समयमै वडा कार्यालयमा आउन समेत अनुरोध गरेका छन्।
प्रतिक्रिया


