मनहरी–६ का वडा अध्यक्षलाई हातपात गर्ने एक जना पक्राउ

पालिका डायरी
१४ फाल्गुन २०८०, २१:०६
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलिया माथी हातपात भएको छ । हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । साँझको समयमा वडा अध्यक्ष जोगिताल स्थित आफ्नै तरकारी बारिमा जादा उनी माथी हातपात भएको हो ।

मादक पदार्थ सेवन गरेर आएका युवकले वडा अध्यक्षलाई हातपात गरेको र यसमा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताउनुभयो ।

वडा अध्यक्ष थपलियालाई हातपात गर्ने ब्यक्ती सोही वडाको भुल्चोक निवासी बर्ष ३२ का मान बहादुर वाईबा रहेको मकवानपुर प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरि आएका युवाले वडा अध्यक्षलाई हातपात गरेको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताउनुभयो । आफ्नो खेत खोलाले बगाउँदा समेत सुरक्षाको कुनै उपाय नअपनाईएको भन्दै उनी माथी हातपात भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

प्रतिक्रिया