हेटौंडामा पर्खाल भत्किँदा च्यापिएर एकजनाको मृत्यु

पालिका डायरी
११ फाल्गुन २०८०, २०:४३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / हेटौंडामा शुक्रबार एक व्यक्तिलाई पर्खाल भत्किएर च्याप्दा मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका–५ सिंचाई टोलका ४० वर्षीय वसन्त महर्जन खानेपानीको काम गर्दै गर्दा ईंटाको पर्खाल भत्किएर च्यापिएका थिए।

शुक्रबार अपराह्न साढे ४ बजे  तिर स्थानीय रामचन्द्र देवकोटाको घरमा खानेपानीको काम गर्दै गर्दा पर्खाल भत्किएर च्यापिएका महर्जनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भएको घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया