हेटौंडा १६ बाट लागुऔषधसहित दुई जना पक्राउ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बकैंया गाउँपालिकाको २१ बर्षीय कुशल खडका र हेटौंडा–१६ बस्ने २२ बर्षीय अञ्जन खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अञ्जनको साथबाट लागुऔषध ट्रामाडोल ट्याबलेट–१० ट्याबलेट र कुशलको साथबाट करिब २० ग्राम र एनटी सियूपी ट्याबलेट–१ बरामद गरेको हो ।
दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


