मनहरीमा कार र बाइक ठोक्किँदा एक जना घाइते
Ai Photo
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी पुलमा गएराति कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरे बस्ने २५ वर्षीय सुवास ढुङ्गाना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १९च ६०७० नम्बरको कार र हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २९ प ५७८२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
ढुङ्गानाको बायाँ खुट्टामा चोट लागेको छ। उनको मनहरीमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
प्रतिक्रिया



