बकैयामा चिनीया नागरिकद्वारा स्थानीय युवती माथी हातपात
हेटौंडा / मकवानपुरको बकैयामा गाउँपालिकामा फास्ट ट्रयाकमा काम गर्ने एक चिनीया नागरिकले मंगलबार दिउँसो एक स्थानीय किशोरीलाई हातपात गरेका छन् ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ घट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी १ बस्ने १८ बर्षीया फुलमाया लुङ्बालाई फास्ट ट्रयाक निर्माणमा कार्यरत चिनीया नागरिक ५१ बर्षीय थान काई युनले कुटपिट गरेको जनाइएको छ ।
चिनीया नागरिकको कुटाइबाट फुलमाया सामान्य घाइते भएको तर फुलमायाको आफन्तले चिनीया नागरिक युनलाई कुटपिट गरी घाईते भएकाले उनको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


