सांसद बर्ताैलाले गरे मनहरी अस्पतालको अनुगमन, कमसल इँट्टाको प्रयोग र निर्माण कार्यमा ढिलाई

पालिका डायरी
१५ पुष २०८०, १३:२८
सांसद बर्ताैलाले गरे मनहरी अस्पतालको अनुगमन, कमसल इँट्टाको प्रयोग र निर्माण कार्यमा ढिलाई

हेटौंडा / मकवानपुरको मनहरी अस्पताल निर्माणकार्य समयमै नसकेको तथा कमसल इँटा प्रयोग भएको व्यापक जनगुनासो आयको भन्दै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले निर्माण स्थलको अनुगमन गरेका छन् । बर्तौलाले मनहरी अस्पतालको निर्माणाधीन स्थलको अनुगमन गरि फोटो सहित आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत समग्र जनताको समेत ध्यानाकर्षण गराएका छन् ।

सांसद बर्तौलासँगै अनुगमनमा मनहरी गाउँपालिकाको पर्व अध्यक्ष एकराज उप्रेती तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको  सहभागीता रहेको थियो ।

सांसद बर्ताैलाले गरे मनहरी अस्पतालको अनुगमन, कमसल इँट्टाको प्रयोग र निर्माण कार्यमा ढिलाई

सांसद बर्तौला लेख्छन्

मनहरी अस्पताल ,नेकपा एमालेका श्रद्दय अध्यक्ष केपी शर्मा ओलि नेतृत्वको सरकारले घोषणा र स्वीकृत गरेको कार्यक्रम र बजेट मार्फत मनहरी गाउँपालिका स्थित १५ शैयाको मनहरी अस्पतालको निर्माण प्रक्रिया शुरु भएको लामो समय भइसकेको छ । आफुले जिम्मेवारी लिएको काम समयमै सम्पन्न नगर्ने र राजनीति गर्दै हिड्ने गैरजिम्मेवार निर्माण ब्यवसायीको कारण समेत यो अस्पतालको निर्माणको प्रक्रिया पनि असाध्यै ढिलो गतिमा  अगाडि बढिरहेको छ । मैले निर्माणाधीन यस अस्पतालको अनुगमन र निरीक्षण गरेको छु । अनुगमन गर्दा कमसल इट्टाहरुको प्रयोगबाट वाल निर्माण गरेको पाइएको छ । निजी फाइदाका लागी अस्पताल जस्तो संवेदनशिल संरचना निर्माणमा यस प्रकारको बेइमानी कारबाहीको विषय हो । मैले कमसल इट्टा प्रयोग गरेर बनाइएको वाल तत्कालै भत्काएर गुणस्तरीय इट्टा प्रयोग गरि निर्माण प्रक्रिया अगाडि बढाउन पालिकाको प्राबिधिक कर्मचारीलाई पनि भनेको छु । यस्तो गम्भीर विषयमा गाउँपालिका सरकारले अनदेखा गर्नु राम्रो हुँदैन आँगनमै बनिरहेको अस्पतालको गुणस्तरीयतामा गाउँपालिका सरकारले विशेष निगरानी बढाओस् । साथै मेरो स्थानीय समुदाय सँग पनि आग्रह छ कि तपाईं हामीले राज्यलाई बुझाएको करबाट नै यो अस्पताल निर्माण हुँदै छ । यसको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला निकायहरु प्रति यहाँहरुको पनि  निरन्तरको खबरदारी र प्रभाबकारी अनुगमनको अत्यन्तै जरुरत रहन्छ ।

 

प्रतिक्रिया