मनहरीबाट  कटुवा पेस्तोल सहित दुई जना पक्राउ

पालिका डायरी
१३ पुष २०८०, १५:११
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा / मकवानपुरको मनहरीबाट  कटुवा पेस्तोल सहित दुई जना  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ वस्ने २६ बर्षीय लाल कुमार तितुङ र सोही स्थान बस्ने १९ बर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बिहीबार मनहरी गाउँपालिका–९ को भित्री बाटोको हरियाली सामुदायिक बनबाट पक्राउ गरेको हो । खरङ्गाबाट राक्सिराङ आउदै गरेको बा ४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार तितुङ र स्याङ्तानलाई चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया