हेटौंडा जेसीजको अध्यक्ष सहितका पदमा बर्तौलाको प्यानलसहित उम्मेदवारी घोषणा

पालिका डायरी
१२ पुष २०८०, १४:४५
हेटौंडा जेसीजको अध्यक्ष सहितका पदमा बर्तौलाको प्यानलसहित उम्मेदवारी घोषणा

हेटौंडा / हेटौंडा जेसीजको अध्यक्ष सहितका पदमा अमृत बर्तौलाको प्यानलसहित उम्मेदवारी घोषणा गरिएको छ । हेटौंडा जेसीजको वर्ष २०२४ का लागि अध्यक्ष पदमा अमृत बर्तौला र उनको प्यानल सहितले उम्मेदवारी घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै बर्तौला समूहले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बर्तौलाको समूहमा कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द न्यौपाने र जीवन ढकाल रहेका छन् । त्यस्तै २०२४ का लागि उपाध्यक्ष पदमा रमेश काफ्ले, रमेश पराजुली, आतिश दाहाल र विश्वास पराजुलीले उम्मेदवार छन् ।

बर्तौलाले आफु निर्वाचित भएपश्चात् हेटौंडा जेसीजको स्वर्ण जयन्तीको अवसरमा तेस्रो पटक २०२८ मा राष्ट्रिय महाधिवेशन आतिथ्यता गर्नको लागि पहल गर्नुको साथै ४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरुसँग निश्चित शुल्क लिई आजीवन सदस्यताका लागि साधारण सभाबाट पहल गराइने बताए ।

उनले जेसीजका इच्छुक पूर्व सदस्यहरुलाई प्रत्येक कार्यक्रमको सूचना सम्प्रेक्षण गर्नुका साथै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिई जेसीजको सचिवालय भवन पूर्ण रुपमा मर्मत गरेर नयाँ स्वरुप दिने र सभाहल सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्ने बताए ।

बर्तौलाले पुरानाको कार्यक्रमलाई निरन्तरता दिँदै सचिवालयमा भएको लाइब्रेरीलाई थप स्तरीकरण गरिने बताए । नेपाल जेसीजका कार्यक्रमहरु पनि हेटौंडा गर्ने गरी पहल गर्ने बर्तौलाको भनाइ छ । उनी वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा छन् । जेसीजको साधारणसभा पुष १३ गते र निर्वाचन १४ गते हुने गरी तालिका तय भएको छ ।

प्रतिक्रिया