मनहरिमा मध्यराति हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

पालिका डायरी
८ पुष २०८०, ०९:४८
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा केही बेर अघि हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे । ६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए । अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।

मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्। गएराति पौने १२ बजेतिर घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गरको हो।

हात्तीको आक्रमणबाट ढाडमा चोट लागी बेहोस भएकी कान्छीमायालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।

हात्तीलाई घटनास्थलबाट स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोस्ट, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जंगलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने एकिन नभएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया