मनहरीमा जङ्गली हात्तीद्वारा घरमा क्षति

पालिका डायरी
७ पुष २०८०, १३:३८
मध्यवर्ती क्षेत्रबासीलाई ज्यान जोगाउनै गाह्रो : जंगली जनावरसँग सधैँ मुठभेट file photo

मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जङ्गली हात्तीले शनिबार बिहान घरमा क्षति गरेको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार जङ्गली हात्तीले मनहरी गाउँपालिका–८ सिमपानीका रामहरि सुबेदीको ब्लकको टिनले छाएको एक कोठे घरको झ्याल भत्काएको छ । हात्तीले सुबेदीको घरमा रहेको एक बोरा धान खाएको छ ।

प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको छ । मानवीय क्षति भने नभएको प्रदेश प्रहरीले जनाएको छ । यसअघि पनि मनहरीको विभिन्न स्थानमा जङ्गली हात्तीले घरमा क्षति पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया