माओवादी केन्द्र बागमती गाउँकमिटीको एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

पालिका डायरी
३ पुष २०८०, २१:५५

हेटौंडा / जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटीको आयोजनामा एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न्न भएको छ । सोमबार नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कनेकपा माओवादी केन्द्रको उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा प्रमुख प्रशिक्षक केन्द्रिय स्थायी कमिटी सदस्य पर्शुराम तामाङ, स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य तथा प्रशिक्षक लेखनाथ न्यौपानेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य विष्णुु सापकोटा जुगल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा प्रशिक्षक सरल सहयात्री पौडेल, उपाध्यक्ष प्रेम बहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक सर्केश घलान, प्रदेश कमिटी सदस्य बच्छ्यु खड्का गोले, प्रदेश परिषद् सदस्य कमान सिङ पाख्रीन, यसैगरी ज्ञान सागर भोलन लगाएतको उपस्थिती रहेको थियो ।
यस्तै, प्रदेश कमिटी सदस्यहरु वाईसीएल जिल्ला सचिव मुक्ति लामा, जिसस दन्तलाल माझी, बिमल थिङ, जनक पहरी, प्रदेश कमिटी सल्लाहकार लाल सिङ सिङ्तान लगाएतको उपस्तिथिमा एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बिपिको जिल्ला उपसभापति भिम प्रसाद घिमिरे लगाएत विभिन्न पार्टी परित्याग गरी १७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश भएको वाईसिएल जिल्ला सचिव मुक्ति लामाले जानकारी दिए । प्रमुख अतिथी वर्षमान पुनले खादा लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रममा बागमती गाउँपालिका नेकपा माओवादी केन्द्रको सक्रिय कार्यकर्ताहरु लगभग ७ सय जना भन्दा बढीको प्रत्यक्ष उपस्थिति रहेको बागमती गाउँकमिटी अध्यक्ष अरुण बलले बताए ।
तीन महिने अभियानले थप ३०% जनता नेकपा माओवादी केन्द्रमा आर्कषित भएको बागमती गाउँकमिटी इन्चार्ज ज्ञान सागर भोलनले बताए ।

प्रतिक्रिया