बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार बढी
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेशका १३ जिल्लामा ११ हजार ३२८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा ३ हजार ७६६ जनामा डेङ्गु पुष्टि भएको छ।यस्तै, काठमाडौँमा २ हजार ९०७, ललितपुर १ हजार ३५४, मकवानपुर ७८२, चितवन १ हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जनामा र सबैभन्दा कम रसुवामा ६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।
डेङ्गु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई÷दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक÷एक जनासहित छ जनाको मृत्यु भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया



