सुनको मूल्य घट्दा चाँदीको बढ्यो

पालिका डायरी
१५ मंसिर २०८०, १३:५७
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया