बागमती प्रदेशका दश जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा २९९ जनाको मृत्यु
File photo
हेटौंडा / बागमती प्रदेशका दश जिल्लामा एक वर्षमा सवारी दुर्घटनामा २९९ जनाको मृत्यु भएको छ । काठमाण्डौं उपत्यका भन्दा बाहेकका १० वटा जिल्लामा सवारी दुर्घटनामा २९९ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष २०७९–०८० मा प्रदेशका १० वटा जिल्लामा एक हजार ३ सय ६१ वटा दुर्घटना हुँदा यतीका धेरै जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २ हजार ८ सय ९१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को तुलनामा दुर्घटना र मृतकको सख्या कम भएपनि यसलाई अझै न्यूनीकरणका उपायहरु अपनाएर घटाउनुपर्नेमा ट्राफिक प्रहरीहरुले जोड दिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा १ हजार ७ सय ९८ वटा दुर्घटना हुँदा ४१३ जनाको मृत्यु भएको थियो । ३ हजार ९ सय ९५ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया


