डेंगुबाट हेटौंडामा एकजनाको मृत्यु
फाईल फोटो
हेटौंडा / डेंगु संक्रमणबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधान रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार केही दिन अघि डेंगु संक्रमण पुष्टि भएको थियो ।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।
प्रतिक्रिया


