भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ ले सुरुगर्यो गाउँमै गएर भत्ता दिने ब्यवस्था
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा यस आर्थिक वर्ष देखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँमा पुगेर वितरण सुरु गरिएको छ ।
आज भीमफेदीको महादेवटारबाट गाउँपालिकाको अध्यक्ष हिदम लामा वडा अध्यक्ष बिस्णु बहादुर लामा वडा सचिव कृष्ण बस्नेत लगाएत प्रभु बैंकको प्रतिनिधिहरु पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो । अबदेखि गाउँको जेष्ठनागरिक अपांग लगाएत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिलाई हेटौंडा, भीमफेदी, काठमाडौ जाने झन्झटको अन्त्य भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा आफ्नो छोटो भनाई राख्दै गाउँपालिका अध्यक्ष हिदम लामाले ६८ बर्ष पूरा भएका बृद्ध ,अपांग ,एकल महिला र दलितहरुको लागि अब सकि नसकी भत्ता लिन भनेर हेटौंडा, भीमफेदी, काठमाडौ जाने कामको अन्त्य गरिएको बताए । उनले आफु यसै ठाउँमा हुर्केको मान्छे भएकोले यस ठाउँको भौगोलिक अवस्थाको बारेमा जानकार भएकोले भत्ता वितरण गाउँमै ल्याएको बताए । उनले गएको वर्ष देखिनै भत्ता वितरणको काम गाउँबाट गर्न खोजिएको तर प्राविधिक समस्याले नसकेको बताउदै अब सबै कुरा पूरा गरेर गाउँमानै आएको बताए ।अध्यक्ष लामाले भत्ता लिन आउँदा चेकबुक र नगरिताको फोटोकपी अनिवार्य लिराएर आउन पनि अनुरोध गरे ।

भत्ता लिन पुगेकि माया कामीले समयको वचत त छदैछ यो बर्षामा आफ्नो भत्ता लिन हेटौंडा, भीमफेदी, काठमाडौ जान नपर्दा खुसी व्यक्त गरिन । ७२ वार्षिय सेतिमाया हेम्जनले गाउँमै आफुले भत्ता लिन पाउँदा स्थानीय सरकारलाई धन्यवाद दिदै खुसी व्यक्त गरिन त्यस्तै सिरुडाँडाबाट भत्ता लिन महादेवटार पुगेका तामलाल स्याङ्तानले भने हामिले रोजेको जनप्रतिनिधिले हामिले चाहेको र हाम्रो भवना अनुसार काम गरेको भन्दै गाउँपालिका लगाएत निर्वाचित जनप्रतिनिधिलाई धन्यवाद दिए । उनले भत्तालिन हेटौंडा वा काठमाडौ जादा चार पाँच हजार पैसा आउँदा जादा सकिन्थ्यो अब त्यो पैसा पनि बच्नी भयो भन्दै खुसी व्यक्त गरे ।
यस आर्थिक वर्षदेखि अब भीमफेदि गाउँपालिका वडा नम्बर ८ को साविक १,२,३,४,५ वडाको लागि महादेवटार बाट र साविक ६,७,८,९ को लागि वडा कार्यालय ईपापन्चकन्याबाट वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसै अनुरुप यहि साउन १७ गते साविक ईपाको ६,७,८,९ का लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिए ।



