पानी परेपछि मकवानपुरका किसानलाई रोपाइँको चटारो (तस्बिरहरू)

पालिका डायरी
१० श्रावण २०८०, १२:५१
पानी परेपछि मकवानपुरका किसानलाई रोपाइँको चटारो (तस्बिरहरू)

लामो समयपछि पानी परेपछि मकवानपुरका किसानलाई रोपाइँको चटारो परेको छ। सोमबार रातिदेखि परेको पानीले खेत ढाकेपछि धमाधम रोपाइँ सुरु भएको हो ।

सिँचाइको सुविधा नभएका खेतमा लामो समयदेखि रोपाइँ गर्न नपाएका किसानहरुलाई आकाशे पानीले राहत दिएको छ।

‘पानी नपरेर यसपाली धान रोप्न पाइँदैन कि जस्तो लागेको थियो’ हेटौंडा ११ नवलपुरका ३८ वर्षीया लक्ष्मण लामिछानेले भने,‘ढिलो भए पनि पानी पर्यो। रोपाइँ गर्न पाइने भयो। खुसी लागेको छ।’

त्यसो त, १३ जिल्ला रहेको बागमतीमा १ लाख १३ हजार ५ सय २३ हेक्टर धान खेतीयोग्य जमिन छ। जसमा ५२ हजार ५ सय २८ हेक्टर अर्थात ५२.२७ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

 

प्रतिक्रिया