हेटौंडा – १३ गोठदमारमा सडेगलेको अवस्थामा घलानको शव फेला

पालिका डायरी
३ श्रावण २०८०, १८:४५

हेटौंडा / हेटौंडामा आज जंगलमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

हेटौंडा उपमहानगर – १३ गोठदमार सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा मंगलबार गोठदमार सल्लाघारी स्थित जंगलमा एक महिलाको शव फेला परेको हो । जंगलमा घाँसदाउरा गर्न जंगल पुगेका स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सडेगलेको शव हेटौंडा-१३ बुद्धचोक बस्ने ४३ वर्षीया कृष्णमाया घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार गत असार २५ गतेबाट घलान हराएको भनी उनका छोरा समन घलानले प्रहरीमा हुलियासहितको निवेदन दिएका थिए । छोराले मृतकको हातमा भएको बाला र कपडाबाट पहिचान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया