सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

पालिका डायरी
३१ असार २०८०, १३:१०
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अस्ति शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया