जिफन्ट हेटौंडाले आइतबार श्रम तथा रोजगार कार्यलयमा ज्ञापन पत्र बुझाउँदै, अनिवार्य उपस्थित हुन आग्रह
राम कुमार दानी
हेटौंडा / कुर्सीमा बस्नेले होइन श्रमिकको पसिनाको मुल्य श्रमिक आफैले तोक्न पाउनु पर्छ। त्यसैले उचित ज्याला वृद्धिको लागि हामी एक जुट हौं भन्दै नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगरपालिकाले आगामी असार २४ गते श्रम तथा रोजगार कार्यलय हेटौंडामा ज्ञापनपत्र बुझाउने भएको छ।
उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा मकवानपुर जिल्ला भित्र रहेका सबै श्रमिकहरुलाइ उपस्थित हुन अनुरोध समेत गरिएको छ।
जिफन्ट हेटौंडा उपमहानगर कमिटिका अध्यक्ष शम्भु लामाले आज एक सूचना जारी गर्दै जीवन धान्न सक्ने पारिश्रमिक निर्धारण गर भन्ने मुल नारासंगै शान्तिपूर्ण जुलुस सहित श्रम तथा रोजगार कार्यलय हेटौंडामा ज्ञापनपत्र बुझाउन मकवानपुरको सबै श्रमजीवी मजदुरहरुलाई जिफन्ट कार्यलय आउन आग्रह गरिएको हो ।
अध्यक्ष लामाले प्रत्येक दुई बर्षमा श्रमजीवी मजदुरको पारिश्रमिक बढ्नुपर्ने नीति अनुसार अहिले यो आर्थिक बर्षमा श्रमिकको बढ्नुपर्ने पारिश्रमिक वर्तमान सरकाले आनाकानी गरे पछि जिफन्ट केन्द्रीय सर्कुलर अनुसार ज्ञापन पत्र बुझाउन जानको लागि मकवानपुरको सबै श्रमजीवी श्रमिकहरुलाइ उपस्थित हुन अपिल गरेको हो ।



