पालुङ जेसीजको लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम
राज कुमार के.सी.
थाहानगर / पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार लागुपदार्थ ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा जेसीजले सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
सचेतना कार्यक्रम जनकल्याण माबि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारी उपाध्यक्ष दीपा बलले बताउनुभयो ।
कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का बर्ष कार्यक्रम संयोजक मानसिं दोङको संयोजकत्वमा भएको थियो ।
पालुङ जेसीज बर्ष २०२३का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको सचेतना कार्यक्रम जनकल्याण माबिका प्रधानाध्यापक तथा पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
सुधार केन्द्रका काउन्सिलर रुद्राक्ष सुवेदीले सहजीकरण गर्नु भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच थाहा नगरपालिकाकै हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुल आयोजना र पालुङ जेसीजको सहकार्यमा लागुऔषध र कुलत बिरुद्धको सचेतना ¥याली कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले सचेतनामूलक नारा, सन्देश लेखिएका प्लेकार्ड सहित स्थानीय शिखरकोट बजार परिक्रमा गरि सभामा सहित कार्यक्रम समापन भएको थियो ।
पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको ¥याली सहितको सभा हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।
¥याली सहितका सभा कार्यक्रममा रुद्राक्ष सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की, कार्यक्रम संयोजक मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।



