असार २ गते थाहामा निःशुल्क दन्त शिबिर हुँदै

पालिका डायरी
३० जेष्ठ २०८०, ११:२६
असार २ गते थाहामा निःशुल्क दन्त शिबिर हुँदै

असार २ गते पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिबिर हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजनामा थाहा नगरपालिका कार्यालयको सहयोगमा असार २ गते शनिबार निशुल्क दन्त शिबिर हुन लागेको हो । शिबिरमा ओम चाबहिल डेन्टल हस्पिटल चाबहिल र कोटेश्वर शाखाका दन्त चिकित्सकहरुबाट दाँत परिक्षण तथा उपचार गरिने आयोजकले बताएको छ ।

शिबिरमा दाँत निकाल्ने, दाँत सफागर्ने, दाँतमा सिमेन्ट भर्ने लगाएत दातको उपचार तथा पसामर्श र औषधी वितरण सेवा निशुल्क प्रदान हुने नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका कोषध्यक्ष यादब जंग रायमाझीले बताउनु भयो ।

कार्यक्रमलाई सम्पन्न गर्न फरक सोच अभियान, पालुङ जेसिज, लायन्स क्लब अफ थाहा पिस र शिखरकोट बजार व्यवस्थापन समितिले सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया