हेटौंडाको संगमचोकमा एक जना मृत फेला

पालिका डायरी
२९ जेष्ठ २०८०, १२:३५
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ संगमचोकमा एक जना मृत फेला परेका छन् ।

आज सोमबार बिहान संगमचोक स्थित भत्केको पुरानो घरको पेटीमा सुतेको ठाउँमा हेटौंडा-६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाई मृत फेला परेका हुन् ।

चौलागाई सोही क्षेत्रमा कवाडी उठाउने काम गरी हिड्ने बुझिएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया