अपराध अनुसंधान र तस्करी नियन्त्रण गछौं–डिआइजी किरण राणा
हेटौंडा / प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक किरण राणाले अपराध अनुसंधान गर्न र तस्करी नियन्त्रणमा आफ लागिपरेको बताउनु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले अपराध नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो ।
आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा उत्तिकै लागि परेको बताउनुभयो । अहिले नेपालमा डरलाग्दो रुपमा अफिम खेती भइरहेको उहाँको भनाई छ । प्रदेश भित्रका फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको डिआईजी राणाले बताउनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालु वर्षको प्रगति विवरण सार्वजानिक समेत गरेको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले चालु वर्षको प्रगति विवरण सार्वजानिक गर्नुभएको छ । अपराध सम्बन्धी केसमा चार हजार ५४ वटा मुद्दा दर्ता भएका छन् । जसमा कर्तव्यज्यान अन्तरगत ३६, ज्यान मार्ने उद्योगमा ६३, सवारी ज्यानमा २०८, लागुऔषधमा ३२२, जबरजस्ती करणीमा २२४, जबरजस्ती करणी उद्योगमा ५९, आत्महत्यामा ७९४, ठगी ५७, चोरी २५९, बहुविवाह ६५, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९३४ मुद्दा दर्ता भएको रेग्मीले बताउउनुभयो ।


