एकैदिन १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

पालिका डायरी
२० बैशाख २०८०, १४:५३
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको मूल्य बुधबार एकैदिन १ हजार ८ सय रुपैयाँले बढेको छ ।

छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया