जसरी भएपनि शत्तिखोलामा पक्की मोटर बाटो र स्वच्छ खानेपानी पुर्याउछु :अध्यक्ष कोइराला
राम कुमार दानी
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हेर्दा असाध्यै मिलेको बस्ती अनि ब्यवसायिक र खेतीयोग्य जमिन भएको सुन्दर र सबै जातजाती भाषाभाषिको समुदाय रहेको एउटा सुन्दर वडा हो । जुन वडा हेर्दा राम्रो देख्नु स्वभाविकनै हो । हेटौंडा उपमहानगरपालिकाको कार्यलय हेटौंडाबाट करिव छ किलोमिटरको दुरिमा रहेको यो वडाको आफ्नो भुभाग भने गाडिमा चढेर १६ नम्बर वडा मात्र अबलोकन गर्ने हो भने पुरै एक दिन लाग्ने तेस्को क्षेत्रफलले अनुमान गर्न सकिन्छ ।
१६ नम्बर वडा हेर्दा जति सम्पन्न र बिकसित देखिन्छ त्यसभित्र नियालेर सबै टोल समुदायमा जाँदा तेतिनै अविकसित र बिकासले फड्को मार्न नसकेको पाहिन्छ । वडाकै आकास धारा र शक्तिखोला छ जुन गाउँ बारा जिल्लासग सिमाना जोडिएको गाउँ हो । हटियाको चिसापानी चोकबाट पैदल हिड्ने हो भने करि ७–८ घन्टाको हिडाइ पछि शक्तिखोला पुग्न सकिन्छ । हिउँदमा जेनतेन बगरै बगर भएपनी गाडी चढेर पुग्न सकिने यो गाउँ बर्षा याममा भने हिडेरनै जानुपर्ने बाध्यता छ । वडामा आएको एक तिहाइ बजेट सबै यस ठाउँमा हाल्दापनि यहाँको बिकासले गति लिन नसक्दा दुख लागेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला बताउछ्न् ।
अध्यक्ष कोइरालाले आफु यस वडाको वडा अध्यक्ष भएको छ बर्ष पुग्दै गर्दा आफुले यो विकट ठाउँ आकाश धारा र शक्तिखोलालाई निकैनै ध्यान दियर बिकासमा लागेको बताउछ्न् । उनले आफू अरु जनप्रतिनिधि जस्तो सुटेट बुटेट भन्दापनि जनताको दुखमा रुमलियर सधै जनता सङ्गै गाउँठाउँको बिकास र परिवर्तनमा लागेको बताउछ्न । कोइरालाले आफुले पाउँने सबै सरकारी सेवा सुविधा नलिई वडाको बिकासमा खर्च गरेको बताउदै अब बिस्तारै आकाश धारा र शक्तिखोलामा पनि बार्है महिना यातायातको पहुच पुर्याउने बताउछ्न ।
एक करोड दश लाख बजेट बिनियोजन गरेर शक्तिखोलाको १६ सय मिटर बाटोलाई सल्याब सहित पक्की बनाउने कार्य अहिले धमाधम भैरहेको र आगामी बर्ष आकाश धारा देखि शक्तिखोला सम्म पुरै उकालो र अफ्ठ्यारो बाटो नाला सहित सल्याब गर्ने काम सम्पन्न गर्ने बाताए । उनले भौगोलिक बनावट र बाटोको ग्रेड नमिल्दा बाटो सल्याब गर्न चाहिने रोडा बालुवा लानलाई अतिनै समस्या भएको बताउछ्न् । अध्यक्ष भन्छन बजेट हालियो बाटो बनाउँ भनेर अहिले हरेक कुराको समस्याले दैनिक तीस मिटर पनि बाटो बनाउन समस्या छ । उनले जसो तसो गरेर भएनी सल्याब गरेरै छाड्ने बताउदै बत्तीको लाइन सबै घरमा गैसकेकोले अब आफ्नो ध्यान खानेपानीमा लगाउने बताउछ्न् ।
एक सय २५ घर धुरी रहेको यस शक्तिखोलामा अहिले खानेपानीको चरम अभाव छ । यस्को पनि चाडै समाधान गर्ने उनी बताउछ्न । अध्यक्ष कोइरालाले बुद्ध चोकमा काम गर्ने दररेट र यो आकाश धारामा कामगर्ने दर रेटले काम गर्न असाध्यै गारो भएको बताउदै हेटौंडा उपमहानगरपालिकाले आगामी बजेटमा ठाँउ र भुगोल हेरेर बजेट बिनियोजन गर्न माग समेत गरेका छ्न् । उनले हेटौंडा उपमहानगरपालिकाको दुई नम्बर वडा र १६ नम्बर वडालाई एउटै बरियतामा राखेर काम गर्दा यो ठाउँ सधै पछाडी परेको भन्दै सघं र केन्द्रको पनि यस ठाउँमा विशेष ध्यान जावस जनताले हालेको एक एक मतको सबै जनप्रतिनिधिले ख्याल गर्न जरुरी छ भन्दै यदि जनताको सेवक बन्ने असल जनप्रतिनिधि हो भने एक चोटि आकाश धारा शक्तिखोला आउँन पनि अनुरोध गरे ।



