बागमती प्रदेशमा मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता ?

पालिका डायरी
२९ चैत्र २०७९
बागमती सरकारले किन लुकायो सञ्चार रजिष्ट्रार नियुक्तिको निर्णय?

हेटौंडा / बागमती प्रदेशमा मन्त्रीपरिषदे अझै पनि पूर्णता प्राप्त गरेको छैन । पाँच वटा मन्त्रालयको जिम्मेवारी अझै पनि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लिनु भएको छ । यही चैत १० गते बिश्वासको मत लिएको १६ दिन पछी बल्ल दुइ जना मन्त्री नियुक्त गर्नु भएका मुख्यमन्त्री जम्मकट्टेलले अरु पाँच जना मन्त्री कहिले नियुक्त गर्ने भन्ने अन्यौलता पनि कायम छ ।

प्रदेशका पाँच वटा मन्त्रालयमा मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ । तर, काम तिब्र रुपमा अगाडी बढ्न सकेको छैन ।
मन्त्रिपरिषद् विश्तार नहुँदा मन्त्रालयका धेरै काम प्रभावित भएका छन् । लामो समय सम्म पनि प्रदेशका ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेको छैन । मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नाम छ तर, काम अगाडी बढ्न सकेको छैन ।

५ वटा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएका जम्मकट्टेल पनि मन्त्रालय र मुख्यमन्त्री कार्यालयको काम गर्ने भन्दा पनि मन्त्रिपरिषद्लाई कसरी पूर्णता दिन सकिन्छ भन्ने सोचमा लाग्नु भएको छ । मन्त्री नआएकाले प्रदेशका ५ मन्त्रालयका ठुला काम रोकिएका छन् । मन्त्री स्तरबाट हुनुपर्ने निर्णयहरु हुन सकेको छैन । सबै भन्दा धेरै बजेट खर्च हुने यो अन्तिम चौमासिकमा काम अगाडी बढ्न नसक्दा थप समस्या भएको कर्मचारीहरु वताउँछन् । मन्त्री नआएकै कारण धेरै कामहरु रोकिएको र अगाढी वढाउन समस्या भइरहेको प्रदेश सरकारका एक सचिबवले गुनासो पोख्नुभयो ।

नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा मन्त्रिपरिषद् थप मन्त्रीहरु नियुक्तमा ढिलाई भएको छ । कांग्रेसको केन्द्रमा मन्त्रीहरु पठाउन किचलो भएसंगै बागमती प्रदेशमा पनि मन्त्रीहरुका आकांक्षिहरु धेरै भएपछी मन्त्रीहरुको नाम टुङ्गो लगाउनका लागि ढिलाई भएको हो । अब छिट्टै मन्त्रीहरुको नाम टुङ्गो लगाएर पठाउने तयारी भएको नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले वताउनुभयो ।

केन्द्रको कारण प्रदेशमा पनि मन्त्रीहरुको टुङ्गो लगाउन समस्या भएको उहाँले वताउनुभयो । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि थप मन्त्रीहरु नियुक्तमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ।

प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन्।

गत फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आउनुभएको छ। यस्तै गत शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबन्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल दुइ मन्त्रालय कांग्रेसलाई दिएपनि अरूलाई दिनुभएको छैन।

एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी भएको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ। कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबन्डा गर्दा छवटा पाउनुपर्ने दाबी गरेको जानकारी दिनुभयो। माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा (एकीकृत समाजवादी) ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबन्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन।

प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबन्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो।

मन्त्रालय भागबन्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया