सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फाईल फोटो
सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया


