मिसन ग्रासरूट हरियाली टाेलमा एमाले

पालिका डायरी
२९ फाल्गुन २०७९, १२:०१

नेकपा एमाले हेटाैँडा १३ नं. वडाकाे हरियाली टाेल भेलाले चन्द्र नारायण श्रेष्ठकाे अध्यक्षतामा १३ सदस्य टाेल कमिटी गठन गरिएकाे छ ।

पार्टीले सञ्चालन गरेकाे मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तरगत हेटाैँडा १३ काे हरियाली टाेल भेला बीरबहादुर वरूवालकाे सभाध्यक्षमा नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलकाे प्रमुख आाथित्यतामा भएकाे हाे ।

कार्यक्रममा सचिव सिग्देलले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, कमिटी गठन पुनगठन, प्रशिक्षण कार्यक्रम जिल्लाव्यापी रूपमा भईरहेकाे बताउनु भयाे । उहाँ हिजाे व्यवस्था परिवर्तन गर्न संगठन बनाईयाे, अब जनताकाे शिक्षा, स्वास्थ्य, राेजगारमा सुधार ल्याउन संगठन बलियाे बनाउनु पर्ने बताउँदै बलियाे संगठनले नै निर्वाचन जित्ने र सरकारमा पुगेर जनअपेक्षा अनुसार काम गर्न सकिने बताउनु भयाे ।

कार्यक्रममा जिल्ला सचिवालयका सदस्य ईन्द्रप्रसाद नेपाल, जिल्ला प्रतिनिधि परिषद्का सदस्य कृष्ण खतिवडा, नगर सदस्य तथा वडा ईन्चार्ज केदार गाैतम, वडा कमिटी सचिव ध्रुव दंगाललगायतकाे उपस्थिति रहेकाे पार्टी वडा सचिव उद्वव दंगालले बताउनु भयाे ।

प्रतिक्रिया