करिब ८ किलो गाँजासहित एक जना पक्राउ

पालिका डायरी
२८ फाल्गुन २०७९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ रमौलीबाट करिब ८ केजी अवैध लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका १० बस्ने ५६ वर्षीय दशै मुखिया रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया