द्वन्द्वपीडितद्वारा ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णयविरुद्ध प्रदर्शन

सरकारले गरेको ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णयको विरोधमा द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन्।
द्वन्द्वपीडित समुदायको अगुवाईमा सोमबार सिंहदरबार अगाडि प्रदर्शन गरिएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका द्वन्द्वपीडित तथा नागरिक समाजका अगुवाले ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय खारेज गर्न माग गरेका छन्।
उनीहरूले यसलाई कालो दिवस बनेका छन्। द्वन्द्वपीडितहरूले ‘फागुन १ को सार्बजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय गर’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन बिदा दिने निर्णय गरेको थियो। २०५२ फागुन १ गते तत्कालीन माओवादीले सशस्त्र संघर्ष शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले हरेक वर्ष फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउँदै आएको छ।
माओवादीकै नेतृत्वमा रहेको सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसको द्वन्द्वपीडितले विरोध गर्दै आएका छन्।