हत्याको आरोपमा दुई जना पक्राउ

गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या गरेको भनी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।
घटना पश्चात फरार रहेका चन्द्रलाई कन्चनपुरको महेन्द्रनगरबाट र धिरजलाई गोरखा नगरपालिका–१२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया