ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

पालिका डायरी
२३ माघ २०७९
accident

केदारस्यूँ गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ।

मोटरसाइकल पछाडि सवार अन्दाजी १८/२० वर्षकी युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए।

गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो।

​​घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया