हेटौंडामा प्रेस चौतारीको अन्तरक्रियाः पत्रकारलाई हरेक क्षेत्रबाट सहयोग गर्छौ–मन्त्री श्रेष्ठ

पालिका डायरी
२२ माघ २०७९, १२:१०
हेटौंडामा प्रेस चौतारीको अन्तरक्रियाः पत्रकारलाई हरेक क्षेत्रबाट सहयोग गर्छौ–मन्त्री श्रेष्ठ

हेटौंडा । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा आज हटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाइएको छ । प्रेस चौतारी मकवानपुरको आयोजनामा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पत्रकार र पत्रकारिता क्षेत्रलाई हरेक क्षेत्रबाट सहयोग गरिने वताउनुभयो । अहिलेको अवस्थामा कुनैपनि व्यावसायहरु धारासाही बन्दै गएको अवस्थामा पत्रकारिता क्षेत्रमा पनि समस्या शृजना भएको उहाँले वताउनुभयो ।

पत्रकारका निम्ती आफ्नो मन्त्रालयबाट पनि सक्दो सहयोग गर्ने वताउँदै उहाँले भन्नुभयो–‘बिशेषगरी श्रम र रोजगार मुलक तालिम दिएर रोजगारी सृजना गर्ने तर्फ मन्त्रालय लागिपरेकाले यस क्षेत्रको कामका लागि आफु पनि तयार छु ।’ पत्रकारहरुले मन्त्री र सरकारलाई खुइल्याउने मात्र भन्दा पनि रचनात्मक सुझाब र सहयोग गर्न आग्रह गर्नुभयो । यातायात कार्यालयहरुमा हुँदे आएको समस्या र बिचौलीयाको समस्या हटाएरै छाड्ने उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाँईले पत्रकारका बिभीन्न संघसंस्था र महासंघलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नका लागि आग्रह गर्नुभयो । पत्रकारलाई परेका समस्या समाधानका लागि मकवानपुरबाट पत्रकार पेन्सन कोष र उपचार कोष स्थापना गरिएकाले त्यसका लागि सरकारले थप सहयोग गर्न आग्रह गर्नुभयो ।

हेटौंडामा प्रेस चौतारीको अन्तरक्रियाः पत्रकारलाई हरेक क्षेत्रबाट सहयोग गर्छौ–मन्त्री श्रेष्ठ

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष धुर्ब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, पार्टीका उपसचिब तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपा बागमती प्रदेशका महासचिब प्रकाश दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया