योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न मन्त्री श्रेष्ठ समक्ष जिफन्टको माग

पालिका डायरी
१९ माघ २०७९

हेटौंडा / योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ समक्ष जिफन्टले माग गरेको छ । आज मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाल टे«डयुनियन महाँसंघ बागमती प्रदेश समितिले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नका लागि माग गरिएको हो ।

जिफन्टका प्रदेश अध्यक्ष रामहरी नेपाल सहितको टोलीले मन्त्री श्रेष्ठ समक्ष आज ज्ञापनपत्र बुझाएको हो । ऐन, नियम, कानून अनुसार सञ्चालन भएका कम्पनि, कार्यालयहरु, उद्योग, प्रतिष्ठान, संघसंस्थाहरुलाई लागू गर्नका लागि जिफन्टले माग गरेको छ । त्यसैगरी बागमती प्रदेशका १३ वटा जिल्लाका एक सय १९ वटै स्थानीय तहमा श्रम डेस्क संचालनमा ल्याउनका लागि मन्त्री श्रेष्ठ समक्ष माग गरेका छन् ।

प्रतिक्रिया