हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

पालिका डायरी
१९ माघ २०७९, ११:०८
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिउँसो १ः४५ बजेको समयमा पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ राटोमाटे चेकपोष्टबाट लागूऔषध नाइट्राजेपाम १६० पिससहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही मलङवा नगरपालिका वडा नम्वर १० जिल्ला विकास समेती चोक बस्ने १८ वर्षीय राज झा र १८ वर्षीय अनिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७८९६ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका झा मोटरसाइकल चालक र यादव मोटरसाइकलमा सवार थिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया