पालुङ क्याम्पसलाई प्रदेश सरकारबाट निरन्तर सहयोग हुन्छ : मन्त्री मोक्तान

पालिका डायरी
६ फाल्गुन २०७९, ०७:३५

राज कुमार के.सी.

थाहानगर / बागमति प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उत्तरी क्षेत्रको एकमात्रै उच्च शिक्षा प्रदान गर्ने पालुङ बहुमुखी क्याम्पसलाई प्रदेश सरकारबाट निरन्तर सहयोग हुने बताउनुभयो ।

उहाँले शुक्रबार पालुङ बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेलाको उद्घाटन गर्दै पालुङ क्याम्पसको लागि यो बर्ष पनि सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो ।
मन्त्री मोक्तानले थाहा नगरबाट सामाजिक बिकास मन्त्रालयमा शैक्षिक व्यवस्थापन, सुधार, बिकासकालागि प्राप्त भएको सबै योजनालाई संबोधन गरिएको बताउनुभयो ।
जेसीज हलमा भएको बार्षिकोत्सब तथा परिषद् भेलामा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले क्याम्पसको बार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्दै पालुङ क्याम्पसलाई मकवानपुर उत्तरी क्षेत्रको महत्त्वपूर्ण शैक्षिक गन्तब्यको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

परिषद् भेलामा क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

भेलामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नारायणी यातायात ब्यवशायी संघका महासचिब सरोज कुमार खनाल, जनकल्याण माबिका प्रधानाध्यापक तथा क्याम्पस ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सानोभाई कार्की, थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा, भूमि सम्बन्धि आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा, नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादव रायमाझी लगायत परिषद सदस्यहरु, क्याम्पस संचालक समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम व्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरिएको थियो । सोहि अवसरमा उत्कृष्ट प्राध्यापक अंग्रेजी विषयका गोपाल उप्रेती, बिगत १३ बर्ष क्याम्पस प्रमुखको जिम्मेवारीमा रही क्याम्पसको प्रगतिको लागि खटिएकोमा पूर्व क्याम्पस प्रमुख रामहरि अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै क्याम्पसको सुचना प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याएबापत श्रवण लामालाई सम्मानित गरिएको थियो।

यसैबिच शुक्रबार भएको परिषद् भेलाले पुनः बिष्णु बहादुर बिष्टको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सहदेव ढकाल,सरोज कुमार खनाल, सगुन कुमार ढकाल, रिता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमल कुमार ढकाल, सुदर्शन कार्की र मनोज कुमार अधिकारी रहेको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो।

निर्वाचित संचालक समितिको पहिलो बैठक फागुन ९ गते बस्ने र बैठकले पदाधिकारी र अन्य सदस्यहरुको मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बिष्टले बताउनुभयो।

प्रतिक्रिया