म झण्डावाला गाडी चढन मात्र मन्त्री बनेको हैन, काम गरेर देखाउँछु : मन्त्री श्रेष्ठ

पालिका डायरी
१६ माघ २०७९, १९:११

हेटौंडा  / बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले आफु झण्डावाला गाढी चढन मात्र मन्त्री नबनेको बताएका छन् । श्रम, रोजगार र यातायात क्षेत्र देशकै महत्वपूर्ण क्षेत्र रहेको भन्दै मन्त्री श्रेष्ठले मन्त्रालयले एक जनताले देख्ने गरि काम गर्ने बताए । राजनीतिमा आफु काम गर्नुपक्ष मन्ने मान्यताको साथ अघि बढेको बताउँदै मन्त्री श्रेष्ठले काम गर्ने सवालमा आफु दिनरात नभन्ने बताए ।

बागमती प्रदेशका १० हजार युवालाई पहिलो चरण अन्र्तगत स्वरोजगारको लागि सिपमुलक तालिकको आयोजना गर्न लागेको भन्दै मन्त्री श्रेष्ठले दक्ष नागरिकको उत्पादनपछि स्वरोजगारको संख्या बढने र रोजगारको क्षेत्रमा पनि सुधार हुने बताए ।

मकवानपुरको बकैया गाउँपालिकामा बकैया जेसिसको आयोजना भएको कार्यक्रमलाई संवोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेशका १३ जिल्लाका १० हजार युवालाई पहिलो चरण अन्र्तग विभिन्न सिपमुलक तालिम दिएर दक्ष बनाईने बताए । विना सिप श्रमको लागि विदेश जाँदा समेत राम्रो काम नपाउने, दुख पाउने समस्या बढदै गएको भन्दै मन्त्री श्रेष्ठले अब विश्व बजारले पनि दक्ष कामदार मात्र माग गर्ने गरेको बताए ।

प्रतिक्रिया