अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२३ को अवार्ड सहयोगी मन नेपालका अध्यक्ष चौलागाईंलाई

पालिका डायरी
१० माघ २०७९
अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२३ को अवार्ड सहयोगी मन नेपालका अध्यक्ष चौलागाईंलाई

सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले अन्तर्राष्ट्रिय सोसल अवार्ड प्राप्त गरेका छन् ।

क्रियटिभ मिडियम एण्ड इभेन्ट म्यानेन्ट प्रा.लि ले हरेक बर्ष प्रदान गर्दै आएको अवार्ड २०२३ मा सहयोगी मन नेपालका अध्यक्ष चौलागाईंलाई प्रदान गरिएको छ । मलेसियाको क्वालाम्पुरमा भएको एक कार्यक्रमका बीचमा सामाजिक सेवा मार्फत नेपाली समाजमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ ।

मलेसियाका लागि नेपाली राजदुत डिल्लिराज पौडेलद्वारा आज सामाजिक सेवामा खटेका सहयोगी मन नेपालका अध्यक्ष चौलागाईंलाई चौथो अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२३ बाट सम्मानित गरिएको हो । सामाजिक सेवामा निम्ति काम गरिरहेको सहयोगी मन नेपालले मकवानपुर सहित अन्य जिल्लाहरुमा दुखी पीडित समुदायहरुको लागि मुख्य भूमिकामा रहेर सेवा प्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणका कारण लकडाउन हुँदा कोहि भोको बस्न नपरोस् भन्दै रासनको सामान बोकेर घरघर पुगेर वितरण गरेका थिए । यस सँगै यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा पनि उल्लेखनिय योगदानहरु पुर्याउँदै आएको छ ।
यो अवार्डले समाजसेवा गर्न थप हौसला प्राप्त भएको चौलागाईले बताए ।

प्रतिक्रिया