हेटौंडाको गुम्बाडाँडामा भेटीएको शवको पहिचान खुल्यो

पालिका डायरी
१० माघ २०७९

हेटौंडा  / हेटौंडा  उपमहानगरपालिका वडा नंबर १८ मा रहेको पर्यटकीय क्षेत्र गुम्बाडाँडा परिषरमा भेटिएको शवको पहिचान भएको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ गुम्बाडाँडामा एक जना पुरुषको शव फेला पारेको थियो । उक्त शव चितवनको राप्ती नगरपालिका वडा नंबर २ बस्ने ५५ वर्षका गोपालप्रसाद खतिवडाको रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया