सगरमाथा राष्ट्रिय निकुञ्‍जबाट पासोसहित दुईजना पक्राउ

पालिका डायरी
९ माघ २०७९

सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुईजना सिकारीलाई पक्राउ गरिएको छ ।

निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान गुलेली,वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाएको लठ्ठी ५ थान जफत गरिएको छ ।

बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए ।

उनीहरुलाई नाम्चे ल्याएर थप अनुसन्धान भइरहेको सगरामाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया